काठमाडौं । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो ।
दुई दिनसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।
महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी हुनेछन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनेछन् ।
२०६५ सालमा कांग्रेस नेता अब्दुल सत्तारको नेतृत्वमा गठन भएको मुस्लिम संघले २०६६ सालमा पार्टीको भातृ संस्थाको मान्यता पाएको थियो ।