काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले भने, ‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा हैइन । यो बैठक त रावणको नाविमा भएको अमृत जस्तै हो ।’
उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरु यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे ।हरेक कुराको नेतृत्व कांग्रेसको वरीपरी घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने उनको भनाइ छ ।














