साफ यु–१९ फुटबल च्याम्पियनसिपः माल्दिभ्सविरूद्ध नेपालको अग्रता



काठमाडौं, ८ असोज । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।


सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच खेल भइरहेको हो। नेपालले पहिलो हाफमा दुई गोल गरेको छ । नेपालका लागि १८औं मिनेटमा प्रशान्त लकसम र ३०औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् ।

गत बिहीबारदेखि सुरू भएको खेल असोज १३ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  ३ : २६ बजे