काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताएकी छन् ।
उनले सूचनाको पहुँच विस्तार गरी जनमत बढाउन साझा संस्थाका रुपमा त्यस्ता संसथालाई अघि बढाउनु पर्ने बताइन् ।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधान र एकीकरण गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ साथै सूचनाको पहुँच विस्तार गरी जनमत बढाउन साझा संस्थाका रुपमा अघि बढाउनु पर्छ । कुन सूचना आधिकारिक हो भन्नका लागि सरकार मातहत एउटा सार्वजनिक प्रसारण सेवा आवश्यक छ ।’














