एसियाली खेलकुद क्रिकेट : नेपालले आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं, १० असोज । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ ।


चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ६ः४५ बजेबाट खेल सुरु भएको छ ।टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  ८ : ४९ बजे