काठमाडौं, ११ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, अहिलेको मुल्यवृद्धी अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मुल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकरात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे ।उनले भने, ‘यसरी जुन मूल्यवृद्धि भईरहेको छ, त्यसलाई नियन्त्रण गर्न सरकारको तर्फबाट राम्रो प्रयत्न भईरहेको देखिदैँन् । भाउ एकै पटक बढाउने कुनै औचित्य छैन्। त्यसमा बढाउन कही छलफल गर्नुपर्ने होला तर आफ्नो हिसाबमा जसरी बढाउने काम भईरहेको छ । यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षण गर्न चहान्छौं।’
सञ्चालन गर्न लागेको कार्यक्रम जनताको बीचमा पार्टीको विचार र धारणाहरु पु¥याउने उद्देश्यले गर्न लागेको बताए ।
‘अहिले सञ्चालन गर्न लागेको कार्यक्रम हाम्रो पार्टीले आफ्नो संगठनको प्रयोग गरेर देश व्यापी रुपमा जनताको बीचमा पु¥याउने उद्देश्यले आयोजना गरिएको हो ।’ उनले भने, ‘जनताको माझमा आफ्नो विचार र धारणाहरु पु¥याउने उद्देश्यले जनतामा एउटा विश्वास सिर्जना गर्ने र पार्टी समस्याहरुको बारेमा सही बुझाई छ र समाधानको पनि प्रष्ट सोच रहेको छ भन्ने धारणा बनाएर अगाडि बढेका छौँ ।उनले पार्टीले थालेको अभियानको उद्देश्य सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणकासाथ शोषण, उत्पीडन, अत्याचार जस्ता विकृतिबाट मुक्त समाजलाई सभ्य बनाउनु रहेको पनि बताए ।यस्तै, उनले शिक्षा विधेयकको कुरा गर्दै नीतिगत रुपमा यो विषयलाई मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताए ।














