राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फर्किए



काठमाडौँ, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् ।

अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज स्वदेश फर्कीएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार  ६ : १० बजे