विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया भिड्दै



विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया भिड्दै छन् । भारत र अस्ट्रेलियाबीचको खेल दिउँसो सवा २ बजेदेखि सुरुहुने छ । अस्ट्रेलिया विश्वकप क्रिकेटमा सर्वाधिक ५ पटकको च्याम्पियन हो भने भारतले अहिलेसम्म दुई पटकमात्रै विश्वकप जितेको छ । भारत र अस्ट्रेलियाबीच विश्वकप क्रिकेट अगाडि ३ म्याचको एक दिवसीय सिरिज हुँदा भारत २–१ ले विजयी भएको थियो । लगातार २ खेलमा रोहित शर्मा विराट कोहली नहुँदा जितेको भारतले तेस्रो खेलमा उनी खेल्दा भने गुमाएको थियो ।

पेट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियालाई हराउन भारतलाई सहज भने छैन । अस्ट्रेलियन टिमको ब्याटिङ अडर मजबुत छ भने मिचेल मार्स, मार्नस लाबुशेन र डेभिड वार्नरलाई रोक्न भारतीय बलरलाई हम्मे हम्मे पर्ने छ । बलिङमा पनि मिचेल स्टार्क र एडम जाम्पा भारतविरुद्ध घातक हुन सक्छन् ।

भारत

रोहित शर्मा ९ कप्तान ०, ईशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पांड्या, रवींद्र जडेजा, रविचंद्रन अश्विन, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद सिराज, मोहम्मद शमी, सूर्यकुमार यादव, शुभमन गिल, शार्दुल ठाकुर।

ऑस्ट्रेलिया

पेट कमिंस ९कप्तान ०, स्टीव स्मिथ, एलेक्स कैरी, जोश इंग्लिस, शॉन एबोट, मार्नस लाबुशेन, कैमरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, मिचेल मार्श, ग्लेन मैक्सवेल, मार्कस स्टोइनिस, डेविड वॉर्नर, एडम जम्पा, मिचेल स्टार्क।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ११ : ०६ बजे