काठमाडा ैं। १९औं एसियाली खेलकुद एसियाडको आइतबार भव्य समापन भएको छ ।तीन वर्षपछि जापानमा भेट्ने वाचासहित, हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच एसियाडका समापन गरिएको हो ।
विभिन्न प्रस्तुतिसहित बिगलोटस स्टेडियममा करिब दुई घण्टाचलेको समापन समारोह २०२६ माहुने २०औं संस्करणको आयोजक जापानको आइचीनागोयालाई झण्डा हस्तानतरण गर्दै समापन भएको हो ।
ओलम्पिक काउन्सिल अफ एसियाका एक्टिङ प्रेसिडेन्ट राजा रणधिर सिंहले आइचीप्रोफेक्चरका गभर्नर नागोयाका डेपुटी मेयरलाई ओसीएको झण्डा हस्तान्तरण गर्दै १९औं संस्करणको समापन भएको घोषणा गरेका हुन् ।
एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो। अन्तिममा हान्झाउ एसियाडको मुख्य नाराको रुपमा रहेको हार्टु हार्टको प्रस्तुति देखाइएको थियो ।२३ सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सि जिङफिङले उद्घाटन गरेको १९औं एसियाड १६ दिन सञ्चालन भएको थियो । अहिलेसम्मकै ठूलो एसियाडको रुपमा रहेको हान्झाउमा ४५ देशका १२ हजार भन्दा बढी खेलाडी ले ४८१ स्वर्णका लागिप्रतिस्पर्धा गरेका थिए। सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते ।
जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो । नेपाल एक रजत र एक कास्यजित्दै संयुक्त रुपमा ३३औं स्थानमा रह्यो ।














