काठमाडौं । इजरायलमा जारी युद्धका कारण समस्यामा परेका नेपालीहरुबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक कुनै ठोस निर्णय बिनै सकिएको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘राष्ट्रियपिडाको अवस्थामा अब कसरी अगाडिबढ्ने भन्ने विषयमा छलफल भयो ।’
कसरी अगाडि बढ्ने त ?भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मुलतबंकरमा रहेकाहरुलाई उद्दार गर्ने र मृत्यु भएकाहरुको शवयथासिघ्र चाँडो झिकाएर परिवारलाई पुर्याउने विषयमाछलफलभयो । नेपालीहरु यदि देश फर्किन चाहन्छन् भने फर्काउने र त्यहीबस्नचाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिइयो ।’
प्रधानमन्त्री प्रचण्डले, सरकारको इजरायलमा दश नेपालीको ज्यान गएको प्रशंग र त्यसपछिको अवस्थाबारे छलफल गर्न सर्वदलिय बैठक आह्वान गरेका थिए ।














