काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली िक्रकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का कार्यवहाक सदस्य सचिव प्रकाश कसारीले टोलीको बिदाई गर्दै जितको शुभकामना दिए ।
टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले, यू–१९ टिमले गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।‘नेपालीक्रिकेट टिमको इतिहास हेर्ने हो भने यू–१९ मा राम्रो गर्ने खेलाडीले नेपालीक्रिकेटमालामो समय खेल्ने इतिहास बनाउने मौका छ’उनले भने ।
प्रिमियर कपको विजेता बनेमा नेपालले एसियाकप क्रिकेट खेल्न पाउने छ । नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीले नै एसीसीप्रिमियर कप खेल्दै छन् । बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने छ ।समूह चरणमा शीर्ष स्थानमा रहने टिम सेमिफाइनलम ापुग्ने छन् ।














