मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायल आक्रमणमा दिवंगत भएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने



धनगढी । इजरायल आक्रमणमा दिवंगत भएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै राहत स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।

त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ३५ बजे