काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सामाजिक सञ्जाल र प्रविधिका माध्यमबाट ठगीको नयाँ धन्दा सुरु गरिएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले टिकटक, फेसबुक, इन्स्टाग्रामका माध्यमबाट ठगी हुने गरेको बताए ।
“टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालको विज्ञापन गर्ने र सामान किन भन्ने, अनि अनलाइनबाट पैसा भुक्तानी गरेपछि सामान पनि नदिने र एकाउन्ट बन्द गर्ने प्रवृत्ति बढेको छ । प्रविधिको माध्यमबाट हुने ठगी अन्त्य गर्न संयन्त्र बनाएर सरकारले अन्त्य गरोस्,” उनले भने ।सांसद् पौडेलले महँगी नियन्त्रण गर्न नसकेको भन्दै जनतामा सरकारप्रति आस मरेको टिप्पणी गरे ।














