मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरीको सहायता कक्ष



काठमाडौ, २५ असोज । ‘सुरक्षित कर्णाली विषेश अभियान २०८०’ मूल मन्त्रका साथ जिल्ला प्रहरी कार्यालय मुगुले सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

कार्यालयमा आउने विभिन्न खालका घटनाका पीडितले दिएको उजुरीमा छानबिन गरी सहयोग गर्न कक्ष सञ्चालनमा ल्याइएको हो ।पीडकहरुलाई सघाउने बिचैलियाहरुबाट टाढा रही पीडितको आर्थिक शारीरिक, मानसिक अवस्थालाई ख्याल गर्दै एवं अपाङ्ग, असहाय, बालबालिका, महिलाहरुले सहज रुपमा न्याय पाउने अवस्था बनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।

पीडा भोगेर प्रहरी कार्यालयमा आउँदा पीडक र पीडितहरु एकै स्थानमा बस्र्ने वातावरणले गर्दा बिचौलियाले पीडितलाई विभिन्न प्रलोभमा पारी थप पीडा दिने अवस्थाको अन्त्य गर्न यस्तो गर्न लागिएको हो ।पीडितलाई सुरक्षित र सहज रुपमा प्रहरी कार्यालयमा आफ्ना समस्या प्रस्तुन गर्ने र सहयोग पुग्ने काम गर्न नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्यक्ष नुपेन्द्रबहादुर मल्लले सुझाव दिए ।

बढीजसो महिला र बालबालिकाहरु विभिन्न घटनामा पीडित हुने गरेको भन्दै स्वास्थ्यकर्मी रामदेवी केसीले उनीहरुलाई विशेष ध्यान दिएर न्याय पाउने वातावरण बनाउन आग्रह गरिन् ।सहायता कक्षमा आउँदा पीडितहरुले सहयोग पाउने विश्वास हुने खालको काम हुनुपर्नेमा उनले जोड दिइन् ।प्रेस युनियन मुगुका अध्याष् नन्दबहादुर रोकायाले बर्दीसहितका प्रहरी सहायता कक्षमा बस्दा पीडितहरुमा डर र धकाउने अवस्था हुन सक्ने भन्दै सादा पोशाकमा प्रहरी बसेर पीडितका गुनासाहरु सुन्ने अवस्था हुँदा सहज हुने बताए ।

यसैगरी कानुनी र व्यावहारिक पक्षसँग जानकार प्रहरीकर्मी सहायता कक्षमा बस्दा अझ बढी प्रभावकारी हुने उनको भनाइ थियो ।निमित्त प्रमुख जिल्ला अधिकारी रबिन्द्र ओखडाले प्रहरी कार्यालयमा आएका पीडितहरुको गुनासो सुनेर संविधान र कानुनमा भएको व्यवस्थालाई अँगाल्दै पीडितका पक्षमा न्याय दिन सहायता कक्ष सञ्चालन भएको बताए ।छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिस्नुकुमार भामले पीडितले न्याय पाउने र पीडकले कानुनी सजाय पाउने अवस्था बनाउन आफूहरुले पनि सहयोग गर्ने बताए ।

प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले पीडितले सहज रुपमा छिटो छरितो गरी न्याय पाउने एवं पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : ५७ बजे