काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकाका प्रमुख उपेन्द्र कार्की नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् ।
कार्कीसँगै उक्त क्षेत्रबाट कबिर शर्मा,दिपक प्रसाद कुँइकेल,लोकेश ढकाल,शंकर थापा,शर्मिला थापा कार्की, भद्रा भण्डारि,भिर्माजुन आचार्य,मन्जु खड्का, द्रोणा खड्का र गोबिन्द बहादुर श्रेष्ठ पनि महासमिति सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् ।
मंशिरमा हुन लागेको नेपाली कांग्रेसको महासमिति बैठक अगावै महासमिति सदस्यको निर्बाचन हुन बाकि क्षेत्रहरुबाट महासमिति सदस्यहरुको टुंगो लगाउन नेपाली कांग्रेसले परिपत्र गरेको थियो ।
नेपाली कांग्रेसको महासमिति बैठक यही मंसिर १३, १४ र १५ गते काठमाडौंमा आयोजना हुदैछ । नेपाली कांग्रेस भित्र नीति महाधिवेशनको माग हुदै आएकोमा नीति महाधिवेशनले गर्ने कार्य समेत गर्ने गरी महासमितिको बैठक हुन लागेको हो ।














