काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ।
कांग्रेस नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।
सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा सम्पादन समितिको बैठक बोलाएका थिए। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने बताए।
कोशीमा शेखर कोइराला पक्षका केदार कार्कीले एमालेसमेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेपछि देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए।














