काठमाडौं, २८ असोज । घटस्थापनाको अर्थात वडादसैंको पहिलो दिन काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ ।
बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् ।सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाउँनुको साथै बन्दुक पड्काएर बढाइँ गरिएको छ । हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन गाइन्छ ।