मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संरक्षणको क्षेत्रमा धेरै काम गर्दैछौँ : चिरिबाबु महर्जन



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्राकृतिक कुराहरुको संरक्षणको ललितपुर महानगरपालिका गम्भीर रहेको बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘संरक्षणको क्षेत्रमा सुधारका धेरै आयामहरु छन्, त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न सधैँ तयार रहेको कुरा जानकारी गराउन चाहन्छु । लगनखेलको अशोक स्तुपाको दक्षिण र पश्चिमतिर हामीले राजदल गणसँग सम्झौता गरेर ३० रोपनी जग्गा फिर्ता लियौं ।’

त्यहाँ कूल ४५ रोपनी जग्गा रहेको उल्लेख गर्दै महर्जनले त्यस क्षेत्रमा कमलको फूल फुलाउने योजना रहेको सुनाए । उनले त्यसका लागि तीनवटा योजना लागू गर्ने बताउँदै पहिलो प्रोजेक्ट सम्पन्न भएको जानकारी दिए ।

उनले भने, ‘दोस्रो योजनाका लागि टेन्डर गर्दैछौं र तेस्रो कुरा भनेको कमलको फूल फुलाउनका लागि आवश्यक भूवनोटसम्बन्धी काम गर्न लागेका छौं । अबको दुई वर्षमा त्यहाँ कमलको फूल फुल्नेछ ।’

त्यस क्षेत्रमा ३०–३२ रोपनीको पोखरी बनाउने उल्लेख गर्दै प्रमुख महर्जनले बाँकी जग्गालाई हरियालीमा परिणत गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘त्यस बेला यो क्षेत्र हेर्न रहरलाग्दो हुनेछ । दुई वर्षपछि हेर्न आउनका लागि मै अहिले नै निम्तो दिन्छु ।’

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : १७ बजे