काठमाडौ । आईसीसी टी २० विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले सिंगापुरविरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।
पहिलो ओभरमै पहिलो सफलता हात पारेको नेपालले दोस्र्रो सफलता भने ६।५ ओभरमा प्राप्त गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले पहिलो ओभरमै विकेट गुमाउन सफल भयो ।
नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । उनले सिंगापुरका अरित्र दत्तलाई खाता नै नखोली पभेलियनको बाटो देखाए । त्यसपछि नेपाली बलर अभिनाश बोहोराविरुद्ध रोहन रंगराजनले आक्रामक क्रिकेट खेल्दै १ ओभरमा २२ रन जोडेका थिए ।
टिमको स्कोर ५२ रन भएका बेला सन्दी लामिछानेले सुरेन्द्र चन्द्र मोहनलाई बोल्ड आउट गरे । उनले ६ रन बनाएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमै सफलता दिलाए ।














