मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । सिंगापुरविरुद्ध खेलेको नेपाली टिममा कुनै परिवर्तन भएको छैन ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ भने मलेसिया पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

प्रकाशित मिति : कार्तिक १४, २०८० मंगलबार  १ : २५ बजे