मलेसियाले दोस्रो विकेट गुमायो, कप्तान अहमद फैज रनआउट



काठमाडौंमा जारी आइसीसी टी २० विश्वकप एसिया छनोटमा नेपाल र मलेसियाबीचको खेल जारी रहेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले नेपालविरुद्ध आक्रामक सुरुआत गरेको मलेसियाविरुद्ध नेपालले २ विकेट लिएर कमब्याक गरेको छ ।

६ ओभरको खेल सकिँदा मलेसियाले ५८ रन बनाउँदा १ विकेट गुमाएको थियो । मलेसियाविरुद्ध ओपनर जुवादी जुलकफली र सययद अजिजले ५.४ ओभरमा ५४ रन बनाएका थिए ।

सोही स्कोरमा मलेसियाले पहिलो विकेट गुमाएको हो । नेपाली बलर अभिनाश बोहोराले ५.५ ओभरमा जुवादीलाई आउट गरे ।

उनले १६ बल बनाएर खेलि रहेका बेला कुशल मल्लको हातबाट क्याच आउट भए ।

दोस्रो विकेटको रुपमा नेपालले मलेसियाका खेलाडीलाई रनआउट गरेको हो ।

कप्तान अहमद फैज रनआउट भए । सातौं ओभरको अन्तिम बलमा २ र न लिने चक्करमा करण केसी र विकेट किेपर आशिफ शेखले रनआउट गरेका थिए । उनी ३ रन बनाएर आउट भए ।

प्रकाशित मिति : कार्तिक १४, २०८० मंगलबार  २ : ०३ बजे