पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना



काठमांडौ । विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि ५१औं वार्षिकोत्सव मनाएको हो ।

शिविरमा नाक, कान, घा“टी, आ“खा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जा“च गरिएको थियो । उक्त शिविरबाट २९४ जनाले लाभ लिएका थिए ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यव्रmमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको पञ्चकन्या ग्रुपले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार  ६ : ३३ बजे