गुल्शन झाले २० बलमा हाने अर्धसतक



काठमाडौं । टि–२० विश्वकप छनोटका फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् । विष्फोटक अर्धसतक बनाएका उनले संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काएका छन् ।

५४ रन बनाएका उनले २५ बलको सामना गरेका थिए । उनले ५ चौका र ४ छक्का हाने ।

गुल्शनले २० बलमा ४ छक्का र ५ छक्कासहित अर्धसतक पूरा गरे । उनलाई कप्तान रोहित पौडेलले साथ दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म १७ ओभर ४ विकेट गुमाएर नेपालले, १ सय ३८ रन बनाएको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार  १२ : ३७ बजे