काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका छुङछेङले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे आजको भेटमा छलफल भएको बताइएको छ ।
वाङ छुङछेङले बुधबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका हुन् । उनले उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई बुधबार नै भेटेका थिए ।














