सरुवा भएका ठाउँमा नजाने प्रहरीलाई २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन, नटेरे कारबाहि



काठमाडौँ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका दर्ताका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जनाएको छ ।

राजनीतिक र प्रशासनिक शक्ति केन्द्रको आडमा काजमा बस्दै आएका प्रहरीलाई प्रहरी प्रधान कार्यालयले २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएपछि प्रहरीभित्र तरंग उत्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो ।

रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।

प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार  १० : ३८ बजे