काठमाडौं । कुमारी बैंकले उच्च ब्याजदर, निःशुल्क क्रेडिट/डेबिट कार्ड र स्वास्थ्य बीमा सुविधा सहितको “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात १ हजार रुपैयाँ रहेको खातामा ७.५१ प्रतिशत ब्याजदर र २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट र डेबिट कार्ड समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको बैंकले जनाएको छ ।
देशभरका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकले अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।











