समाजवादबाहेक अरू वादको भविष्य छैनः उपमहासचिव ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मार्क्सवाद र समाजवादको सान्र्दभिकता आज पनि उत्तिकै रहेको बताएका छन् ।

उनले आधुनिक विश्वको समस्या समाधान गर्ने सक्षमता अझै समाजवादसँग रहेको र त्योबाहेक अरु कुनै वादको भविष्य नभएको दाबी गरे ।

शनिबार पार्टी कार्यालय च्यासलमा बुद्धिजीवी परिषद्द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण गराएका उनले मार्क्सवाद र समाजवादको बारेमा राखिएका वैज्ञानिक विचारहरु अझै पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताए ।

उनले भने, ‘मार्क्सवाद र समाजवादको सान्र्दभिकता आज पनि उत्तिकै छ । समय घर्किएको कारणले यसको सान्र्दभिकता सकियो भन्ने होइन । वैज्ञानिक विचारहरु कहिल्यै पनि पुराना हुँदैनन् । तिनिहरु आफैंमा इभोलुसन भएर कतिपय नयाँ चिजहरु थपिदै र आपसमा समृद्ध हुँदै जान्छन् ।’

आधुनिक विश्वमा देखा परेका समस्यालाई समाधान गर्न भोटे ताल्चा खोल्ने चाबी नै मार्क्सवादसँग भएको ज्ञवालीले बताए ।

‘मार्क्सवाद एउटा वैज्ञानिक सोच हो, त्यसकारण यो आज पनि उत्तिकै सान्दर्भिक छ । अहिलेका विश्वका समस्याहरुको समाधान गर्ने ढोकाको भोटे टाल्चा खोल्ने साँचो मार्क्सवादसँग छ’ उनले भने ।

उनले कार्ल माक्स बितेपछिको समयमा धेरै कुराहरु परिवर्तन भएको भए पनि विश्वमा श्रमिकमाथि हुने शोषण परिवर्तन नभएको र मालिकहरुले श्रमिकमाथि झन धेरै शोषण गरेको धारणा राखे ।

उनले भने, ‘हिजो एकठाउँमा बसेर आन्दोलन गर्न पनि सजिलो थियो । आज ठूल्ठूला मजदुर आन्दोलनहरु किन भैरहेका छैनन् भन्ने कहिलेकाहीँ प्रश्न उठ्छ ।

प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार  ५ : ४५ बजे