काठमाडौं १० मंसिर । नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा भारत स्थित प्रतिष्ठित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान दिएका विशिष्ट व्यक्तिको रुपमा सम्मानित गरेको हो । काङ्ग्रेस नेता लेखकसहित १०३ औं स्थापना दिवसको अवसरमा ७ जना पूर्व विद्यार्थीलाई विश्वविद्यालय सम्मान गरेको छ ।
विश्वविद्यालयले विगत देखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । लखनउ विश्वविद्यालयले भारत लगायत विदेशको शैक्षिक विकासमा समेत ठूलो योगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिएको बताए । ‘केही समय अघि लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक कुमार र नेपालका त्रिभुवन विश्वविद्यालय ,राजर्षि जनक विश्वविद्यालयका उपकुलपति बीच शैक्षिक विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको अवस्था छ । नेता लेखकले भने, ‘नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारी लगायतका सम्झौताहरु कार्यान्वयनका लागि मेरो पहलकदमी हुनेछ ।] आउँदो दिनमा समेत शैक्षिक विकासको लागि विश्वविद्यालय सँग थप सहकार्य साझेदारी गर्ने उनले बताए ।
नेता लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालय बाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए । लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत छन् । यसअघि २ पटक मन्त्री भैसकेको नेता लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन्














