काठमाडौँ । प्रहरी समायोजनको माग पूरा गराउन सात वटै प्रदेशका गृहमन्त्रीहरूले काठमाडौँमा आज प्रधानमन्त्रीलाई भेट्ने भएका छन्।प्रदेशका गृहमन्त्रीहरूले आज २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र ३ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्न लागेका हुन् ।
कात्तिकको दोस्रो साता मधेस प्रदेश सरकारले यही माग राखेर प्रधानमन्त्रीलाई ३० दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो।
प्रदेश प्रहरीको माग गर्दै मधेस सरकारले सङ्घीय सरकारविरुद्ध २ पटक सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
प्रहरी समायोजन ऐन सङ्घीय ससदबाट पारित भएर २०७६ माघ २८ गतेमा प्रमाणीकरण भइसकेको छ।














