काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ को विन्दुमा झरेको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३६१.८५ विन्दुमा झरेको छ । १३ मध्ये पाँच उपसमूहको समूहगत सूचक उकालो लागेको छ । आठ उपसमूहको समूहगत सूचक घटेको छ ।
मंगलबार एक अर्ब २८ करोड दुई लाख २८ हजार ९७१ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ