भूकम्प पिठितका लागि तरुण दलले तीन सय घर बनाउछ : अध्यक्ष गुरुङ



काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा तीन सय वटा घर बनाउने बताएका छन् । नेपाल तरुण दल भोलेन्टियर र दक्ष जनशक्ति लिएर तत्काल प्रभावित क्षेत्र पुगेर पीडितलाई घर बनाउन थाल्ने अध्यक्ष गुरुङले बताएका हुन् ।

तरुण दलको आन्तरिक स्रोतभित्र ५०/६० लाख भूकम्प प्रभावितका लागि राहत शंकलन भएको उनले बताए । जहाँ विपत हुन्छ त्यहाँ तरुण दल पुग्नेछ, उनले भने, नेपाली जनताको मन छुने कार्य नेपाल तरुण दलले गर्छ ।

तरुण दलले श्रम दानका लागि देशैभर अभियान चलाउने उनले बताए ।

प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार  १ : २१ बजे