मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईयुको नँया प्रतिवेदन सार्वजनिक,नेपालको हवाई उडान अझै कालोसूचीबाट हटेन



काठमाडौं । नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो ।

युनियनले आज बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कालोसूचीबाट हटाउन आग्रह गरेका थिए।अधिकारीले सकरात्मक प्रगति भएको बताएका थिए ।

युरोपेली आयोगले ‘युरोपेली युनियन (इयू) हवाई सुरक्षा सूची’ अद्यावधिक गर्दै नेपाली वायुसेवालाई त्यहाँको आकाशमा उडान गर्न कालोसूचीमा राखेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ७ : ३९ बजे