मंसिर १४,काठमाडौं । व्यवसायीहरुले अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल तत्काल बनाउन सरकारसँग माग गरेका छन् । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ९ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय व्यापार मेला आयोजना गर्ने स्तरिय प्रदर्शनी स्थल नभएकाले व्यवसायीहरुले विभिन्न समस्या भोग्नुपरेको बताए । व्यवसायीहरुले सरकारसँग विगत लामो समयदेखि माग गर्दै आएपनि प्रतिवद्धताअनुसार अहिलेसम्म काम गर्न नसकेको गुनासो गरे । उनीहरुले सरकारले नेपाली उत्पादनको निर्यात वृद्धिको लागि अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरिय व्यापार मेला आयोजना गर्ने स्तरिय प्रदर्शनी स्थल नबनाए निजी क्षेत्र आफैँ बनाउन सक्षम रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा उपयुक्त स्तरिय प्रदर्शन स्थल नहुँदा मेला र महोत्सव आयोजनाको क्रममा धेरै समस्या भोग्नुपरेको गुनासो गरे । उनले व्यापार मेला गर्ने स्तरीय प्रदर्शनी स्थल बनाउन बारम्बार सरकारसँग माग गरेपनि अहिलेसम्म सुनुवाई हुन नसकेको गुनासो गरे । उनले सरकारले तत्काल अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय व्यापार मेला आयोजना गर्ने स्तरिय प्रदर्शनी स्थल बनाउन आवश्यक रहेको बतए ।
उहाँले भने,‘मेला महोत्सव व्यवस्थित र स्तरीय रुपमा आयोजना गर्न निजी क्षेत्र सक्षम भएको छ । तर उपयुक्त स्तरिय प्रदर्शन स्थल नहुँदा मेला र महोत्सव आयोजनाको क्रममा धेरै समस्या भोग्नुपरेको छ । स्तरिय प्रदर्शन स्थल बनाउन बारम्बार सरकारसँग माग गर्दै आएका छौं । अहिलेसम्म मूर्त रुप पाउन सकेको छैन । सरकारले नबनाए निजी क्षेत्र आफैँ बनाउन सक्षम रहेको छ । औद्योगिक व्यापार मेलाहरुको आयोजनाहरुमा उद्योग वाणिज्य संघ संस्थाबाहेक अन्य संस्थाहरुलाई रोक लगाउनुपर्ने महासंघको सुझाव छ । व्यापार हुने केही मुलुक बाहेकमा नेपालको व्यापार घाटा रहेको छ । भारत र चीनसँगको व्यापार घाटा नेपालको लागि टाउको दुखाई बनेकाले नेपालले निर्यात बढाउनुको विकल्प छैन । निर्यात बढाउन अन्तर्राष्ट्रिय व्यापार मेलाहरु हुन् । नेपाली उत्पादनहरुको प्रदर्शनी नेपालमा मात्रै सिमित नगरी विदेशमा पनि पु¥याउनु पर्ने चुनौती छ । नेपाल लगानीको लागि उपयुक्त वातावरण रहेको छ ।’
त्यस्तै महासंघका पूर्वअध्यक्ष चण्डराज ढकालले पनि नेपालमा व्यापार मेलाहरुलाई स्थिर रुपमा अगाडि बढाउनको लागि स्थायी प्रदर्शनी भवन काठमाडौं र प्रदेशहरुमा भवन बनाउन आवश्यक रहेको बताए । उनले सरकारसँग उद्योगी व्यवसायीहरुले निरन्तर रुपमा माग गर्दै आएपनि अहिलेसम्म सम्बोधन नहुनु सुखद् पक्ष नभएको उल्लेख गरे ।
उनले भने, व्यापार मेलाहरुलाई स्थिर रुपमा अगाडि बढाउनको लागि स्थायी प्रदर्शनी भवन काठमाडौं र प्रदेशहरुमा भवन बनाउन आवश्यक छ । व्यवसायीहरुले निरन्तर रुपमा माग गर्दै आएका छन् । नेपालको उत्पादनलाई बजारमुखी बनाउने गरी निर्यात प्रवद्र्धन गर्ने हो र गुणस्तर उत्पादनलाई छिमेकी देशका उत्पादनसँग प्रतिष्पर्धा गर्दै अन्तर्राष्ट्रिय बजारको हिंसा बन्ने हो भने प्रदर्शनी स्थल महत्वपूर्ण पूर्वाधारहरु हुन् । राज्यले अगाडि बढाउनुपर्छ । सरकारले विगतदेखि बनाउने प्रतिवद्धता आएका हुन् तर प्रतिवद्धताले पूर्णता पाउन नसक्दा ठाउँ–ठाउँमा बासको बार बारेर मेला महोत्सव गर्नुपर्ने अवस्था छ । यो विषयमा सरकार गम्भिर हुन जरुरी छ ।’
उद्योगी व्यवसायीहरुले स्तरीय प्रदर्शन स्थल बनाउनको लागि सरकारले काठमाडौंको सेता पुलमा ९ रोपनी र चोभारमा जमिन तयार पारेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव मुकुन्दप्रसाद निरौलाले बताए । उनले निजी क्षेत्रसँग चाँडै छलफल गरेर दुईमध्ये कुन स्थानमा बनाउने विषय टुङ्गो लगाउने बताए ।
महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँच दिनसम्म चल्नेछ । मेलामा नेपाली मौलिक उत्पादनबाट बनेको समग्रीदेखि भारत,चीन,बंलादेशमा बनेको वस्तुहरुको समेत प्रदर्शनी स्टल रहेका छन् ।