काठमाडौं( राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम सातासम्ममा दल दर्ता गरिसक्न निर्वाचन आयोगले आव्हान गरेको छ। यसअघि नै राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने तय भइसकेको छ।
निर्वाचन तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ।
पुस १ मा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ।














