भूकम्प प्रभावित जिल्लामा गरिवको आवास निर्माणमा जुटे कुन्दन



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भूकम्प प्रभावित जिल्ला जाजकोट पुगेर अस्थायी आवास निर्माण थालेका छन् । उनले पीडितको अस्थायी आवास निर्माण सवै एक भएर जुट्न सबैलाई आग्रह समेत गरेका छन् ।

जिल्लाको रामिडाँडा भेरी नगरपालिका रावत गाउँबाट अस्थायी आवास निर्माण कार्य थालेको काफ्ले नेतृत्वको समूहले गत कार्तिक १७ गते गएको भूकम्पमा दुई छोरा गुमाएका पूर्णबहादुर राउवतको अस्थायी आवास निर्माण कार्य सम्पन्न गरेको छ।

उनले रामिडाँडा लगाएत आसपासका क्षेत्रमा हप्तादिनमा जति पीडितको आवास निर्माणमा सहयोग गरेर फर्कने बताए । भूकम्पमा आमा र दाजु गुमाएका अर्का पीडित प्रकाश रावतको आवासमा निर्माण कार्य पनि आजैबाट प्रारम्भ भएको उनको भनाई छ ।

नेपाली कांग्रेसले पनि प्रभावित क्षेत्रमा गएर पीडित जनताको आवास निर्माणमा सघाउनका कार्यकर्तालाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  २ : ४९ बजे