छोरा सन्दीप ३० लाख धरौटीमा रिहा हुने,टोपबहादुर थुनामै



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।

शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनले टोपबहादुर रायमाझीलाइ भने थुनामै राख्न आदेश गरेको छ ।, रायमाझीसहित इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ।

उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।

थुनामै राख्न आदेश दिएकोमा रायमाझी, पाण्डे, इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्।

उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  ४ : २१ बजे