भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश



१५ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

उनी भुटानी शरणार्थीकै रुपमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था नभएको भन्दै रिजाललाई थुनामा राख्नुनपर्ने उच्च अदालतको भनाइ छ ।

जिल्ला अदालत काठमाडौंबाट रिजालसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  ४ : ४१ बजे