काठमाडौँ( राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयनका गर्ने मिति पुस २३ गतेका लागि तोकेको हो।
उक्त दिन बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन हुनेछ।
पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुने र उम्मेदवारले नाम फिर्ता लिनका लागि पुस २७ गतेको मिति निर्धारण गरिएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस २७ गते दिउँसो २ बजे हुनेछ।
यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते बिहान १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने आयोगले जनाएको छ।
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ।














