राष्ट्रिय सभा निर्वाचन : पुस २३ गते उम्‍मेदवारी दर्ता, यस्तो छ निर्वाचन कार्यतालिका



काठमाडौँ( राष्ट्रियसभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयनका गर्ने मिति पुस २३ गतेका लागि तोकेको हो।

उक्त दिन बिहान १० बजेदेखि ३ बजेसम्‍म उम्मेदवारको मनोनयन हुनेछ।

पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुने र उम्‍मेदवारले नाम फिर्ता लिनका लागि पुस २७ गतेको मिति निर्धारण गरिएको छ। उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन पुस २७ गते दिउँसो २ बजे हुनेछ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते बिहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ।

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  ४ : १८ बजे