सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, आज तोलाको १ लाख २१ हजार नाघ्यो



काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ ।

दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयााँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ ।

प्रकाशित मिति : मंसिर १८, २०८० सोमबार  १२ : १६ बजे