मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा डेढ किलो गाँजासहित २ जना पक्राउ



कास्की । कास्कीमा अवैध लागूऔषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरपालिका–१४ नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने गोप्य सूचनाको आधार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त साइकल र पूर्ण तामाङको कोठाबाट उक्त मात्रामा गाँजा गरी दुवै जनालाई नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १२ : १४ बजे