मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटको कटहरिया बजारका तीन पसलमा चोरी, एक जना पक्राउ



काठमाडौं । रौतहटको कटहरिया बजारमा रहेका तिन वटा पसलबाट सामन चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं. ५ बस्ने रामेश्वर राय यादव रहेको प्रहरीले जनाएको छ ।

पसलबाट सामन चोरी गरेर भाग्दै गरेको अवस्थामा यादव ईलाका प्रहरी कार्यालय कटहरियाको गस्ति टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरिक्षक रामछवेला यादवका अनुसार चोरीको घटना भएको पसल नजिकबाट दुई बजेको समयमा पक्राउ गरिएको हो ।

कटहरिया बजारको हनुमान मन्दिर नजिकमा रहेको शिवशङ्कर साह तेलीको गल्ला पसल, दिनेश प्रसाद जयसवाल र अवध प्रसाद जैसवालको पसलबाट नगद सहितका सामनहरु चोरी भएको हो । गल्ला पसलको मूल गेटमा लगाईएको तीन वटा ताला फोडेर (काठको बक्सा) बाट करिव एक लाख रुपैयाँ चोरी भएको गल्ल पसलका शिवशङ्कर साहले बताए ।

कटहरिया नगरपालिका भवन नजिकको मूल सडकमा रहेको दुई वटा काठको घुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामान चोरी लागेको प्रहरीले बताएको छ । एक जनाको नगद रु. १५ हजार, र अर्काको नगद रु. ३५ हजार तथा विभिन्न सामान चोरी लागेको उनीहरुले प्रहरी समक्ष बताएका छन् ।

चोरी भएको घटना थाहा पाउने बितिकै खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा चोरलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेको चोरको साथबाट करिब रु. १५ हजार नगद र केही थान सामनहरु बरामद भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । यसअघि पनि चोरीको घटनामा यादव कारागारदेखि सुधार केन्द्रमा समेत बसिसकेका व्यक्ति हुन् । उता परोहा नगरपालिका ३ तेजापाकाडका हतियारधारी समूहले लुटपाट गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेको छ ।

स्थानिय इस्लाम अन्सारीको घरमा लुटेरा समूहले घर बाहिर आएर एक राउन्ड हवाई फायर गरेको स्थानियले दावी गरेका छन् ।
चोरी तथा लुटपाटका घटनाका बारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : ४२ बजे