सांसद अमरेश सिंहको एनसेल बिक्रीविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा



काठमाडौंस् प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद/बिक्री रोक्न माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद/बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ ।

सांसद सिंहले सेयर खरिद बिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको आज (मंगलबार) तेस्रो पटक हो ।

यसअघि आइतबार र सोमबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  १२ : २० बजे