मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पप्रभावित क्षेत्रमा हालसम्म साढे तीन हजार अस्थायी आवास निर्माण



रुकुम पश्चिम, २७ मङ्सिरः रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवासी निर्माण भएका छन् । स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो ।

भूकम्पप्रभावित क्षेत्रमा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियतामा निर्मित आवासमा भूकम्पप्रभावितलाई स्थानान्तरण गरिएको छ । 

प्रतिनिधिसभा सदस्य तथा नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्माका अनुसार भूकम्पबाट बढी प्रभावित आठबीसकोट नगरपालिकामा एक हजार तीन सय पाँच, सानीभेरी गाउँपालिकामा आठ सय ५४, चौरजहारी नगरपालिकामा छ सय सात, त्रिवेणी गाउँपालिकामा तीन सात, मुसिकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरिएको हो । पहिलो चरणमा एकल महिला, गर्भवती, वृद्धावृद्धा र आफैँ अस्थायी आवास बनाउन नसक्नेलाई लक्षित गरेर अस्थायी आवास निर्माण गरिएको शर्माले बताए । 

त्यस्तै, नेपाली कांग्रेस रुकुम पश्चिमले पनि भूकम्पप्रभावित क्षेत्रमा निरन्तर अस्थायी आवास निर्माणमा जुटेको जनाएको छ । हालसम्म नेपाली कांग्रेसले सानीभेरी गाउँपालिकामा २५ र आठबीसकोट नगरपालिकामा ५० गरेर ७५ घरपरिवारलाई अस्थायी आवास हस्तान्तरण गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पार्टीले तीन सय स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिहेको छ । पार्टीले प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको प्रवक्ता ओलीले जानकारी दिए । 

नेकपा ९एमाले०ले रुकुम पश्चिमले तीन सय ४५ अस्थायी आवस निर्माण गरेको जनाएको छ । 

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले पनि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ । आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्ल्लामा १७ वटा अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

हालसम्म १९ हजार एक सय ३४ लाभग्राहीलाई पहिलो किस्ताबापत रु २५ हजारका दरले ४७ करोड ८३ लाख ५० स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ५८ बजे