महिला राष्ट्रिय क्रिकेट टी-२० प्रतियोगिता सुरु (फोटो फिचर)



प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरू भएको छ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्दैछन्।

खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू भएको छ । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबीच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् । पुस ६ गते बिहीबारबाट सुरु हुने प्रतियोगिता पहिलो पटक क्यानले राउण्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो ।

प्रकाशित मिति : पुस ५, २०८० बिहीबार  १० : ४६ बजे