मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नयाँ रणनीति ल्याउने काठमाडौं महानगरको तयारी



काठमाडौं । सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ । यसका लागि तयारी भइरहेको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताएका छन् । महानगरले मंसिर २७ देखि ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको थियो । उक्त बन्देजलाई चुनौती दिँदै परेको रिटमा तीन दिन नपुग्दै उच्च अदालत पाटनले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न महानगरलाई आदेश दिएको थियो ।

अदालती आदेशको सम्मान गर्दै अब सुर्तीजन्य पदार्थको बिक्री र प्रयोगमा नयाँ रणनीतिसहित जान छलफल भइरहेको प्रमुख पौडेलले बताए । ‘सुर्तीजन्य पर्दाथका कारण रहेको ठूलो समस्या कसैबाट लुकेको कुरा होइन । हामीले रोक लगाएको दुई दिनमा करिब २ सय किलो जफत पनि गरेका हौं,’ उनले भने, ‘जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र वातावरणीय असर न्यूनीकरण गर्न पनि यो जरुरी छ ।’ विकल्प के हुन सक्छन् भन्नेमा भइरहेको छलफलपछि महानगर नयाँ तरिकाबाट अघि बढ्ने उनले बताए ।

महानगरले जफत गरेको सुर्तीजन्य पदार्थ व्यापारीलाई फिर्ता दिएको छैन । अदालतले महानगरलाई बन्देज कार्यान्वयन नगर्न आदेश गरे पनि मंसिर २७ पछि राजधानीका विभिन्न स्थानमा सुर्तीजन्य पदार्थको बिक्री र प्रयोग भने घटेको छ ।

महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार ’हामीले दुई दिनको अन्तरालमा महानगरक्षेत्रभित्रका पसलहरू २ सय केजी सुर्तीजन्य पदार्थहरू जफत गरेका छौं,’ उनले भने, ’यो कार्य जारी नै रहन्छ ।’

यस्तै,’जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थमा रोक लगाइएको हो,’ सुर्तीजन्य पदार्थका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोर मैला बढ्न गई सहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्ने उनको भनाइ छ ।

’अदालतको आदेशलाई सम्मान गछौँ,तर सुर्तीजन्य पदार्थ रोक लगाउने अभियान जारी रहन्छ, यो विषय अत्यन्तै गम्भीर छ, उनले भने । यो अभियान महानगरबाट कार्यान्वन भइसकेको छ, तर अदालतले रोक नलगाउने भनेपछि अहिले हामी छलफल गरिहेका छौँ । बाँकी छलफल गरेरै अगाडि बढ्छौ’ उनले भने, ।

’अहिले अदालतले रोक नलगाउने भनेपछि फ्याट्ट फुट्ट रुपमा कहि कतै व्यापारीले बिक्री बितरण गरिरहेकै छन्’ उनले भने । यस्तै, यस अभियानमा पत्रकार र मिडियाको ठुलो सहयोग र भुमिका रहेको समेत पौडेलले बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : २७ बजे