मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीको पिटाइबाट एक जनाको मृत्यु भएपछि धनुषाको हँसपुर तनावग्रस्त



काठमाडौं । प्रहरी कुटाईबाट एक जना स्थानियको निधन भएपछि धनुषाको हँसपुर–५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।

प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गरेको छ । भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ । स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको रहेका छन् । दुवैको हातमा गोली लागेको छ । दुबै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  २ : ५७ बजे