बालकुमारी घटनाको बिरोधमा उत्रिएका ७ जना युवाहरु पक्राउ



काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको बिरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माईतीघरमा सरकारको बिरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो ।

बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रकाशित मिति : पुस १४, २०८० शनिबार  ४ : ५० बजे