चन्द्र भण्डारीको प्रश्नः यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?



पौष १४,काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? भन्दै प्रश्न गरे । भण्डारीले अहिले समाजमा असामाजिक गतिविधिहरु बढीरहेको बताए ।

नेता भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो रु प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’

नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए।

प्रकाशित मिति : पुस १४, २०८० शनिबार  ५ : १० बजे