स्व.राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण



पौष १४,काठमाडौं । स्व.राजा वीरेन्द्र शाहको ७९ औं जन्मजयन्ती मनाइएको छ । राजा शाहको ७९ औं जन्मजयन्तिको अवसर पारेर शनिवार ललितपुरको जावलाखेलमा रहेको उनको शालिकमा माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गरेका हुन् ।

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दु महासंघ, श्री हनुमान आराधना मण्डल नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा राजा वीरेन्द्रको सम्पती नेपाल सरकारको मातहतमा रहेकाले सरकारले नै उनको जन्मजयन्ति मनाउनुपर्ने जिकिर गरेका छन् । नेपाल ट्रष्टको नाममा राजा वीरेन्द्र र उनको परिवारको सम्पती रहेकाले उसरकारले उनको जन्मजयन्ति मनाउनुपर्ने माग गर्नुपरेको योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले बताए ।

कार्यक्रममा स्व। राजा शाहको देशभक्तिको भावना, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न पु¥याएको योगदानलगायतको पनि कार्यक्रममा स्मरण गरिएको थियो । विक्रम सम्वत २००२ साल पौष १४ गते अर्थात आजैकै दिन स्व।राजा वीरेन्द्रको जन्म भएको थियो । उनि र उनको परिवारको वंश विनाश २०५८ साल जेठ १९ गते भएको थियो ।

प्रकाशित मिति : पुस १४, २०८० शनिबार  ५ : ५२ बजे